डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको एउटा वार्ड शिल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्ट​नेट​ल​ वार्ड’ शिल गरिएको छ ।

आइतबार रातिदेखि कोशीकोे पोस्ट​नेट​ल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको स्वाम संकलनको तयारी सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिनुभयो ।

संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिक रुपमा कार्यरत थिइन् । नर्सिङ्ग होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित चार जनामा कोरोना देखिएको छ ।

आइतबार साँझ कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोशी र विराट दुबैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले जानकारी दिनुभयो । संक्रमित नर्स कोशी अस्पतलको ‘पोस्ट​नेट​ल वार्ड’ मा कार्यरत थिइन् । डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्मेटल वार्ड भन्ने गरिन्छ । पोस्ट​नेट​ल वार्ड शिल गरेपछि कन्ट्रयाक टे«सिङ्गमार्फत उनको सम्र्पकमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरू गरिएको मेसु दासले बताउनुभयो ।

पोस्ट​नेट​ल वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र विरामीको स्वाब संकलन गरिनेछ । ‘अहिले कन्ट्रयाक टे«सिङ्ग गर्न सुरू भएको छ,’ उहाँले भन्नुभयोे, ‘सम्पर्कमा देखिएका सम्पूर्णको स्वाब संकलन गरिनेछ ।’

कोशीका डाक्टरमा पनि कोरोना
कोशी अस्पतालका फार्माकोलोजीका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएको चिकित्सक भर्खरै आएकोले अस्पतालमा काम भने सुरू गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वारो आउन थालेपछि उनको स्वाब संलकन भएको थियो ।

कोशीको ल्याबमा गरिएको परीक्षणमा रिपोट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोशी अस्पतलाको कोभिड उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ ।

सोमबार, १२ साउन, २०७७, बिहानको १०:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर