लोड हुँदैछ...

मेनु

विराट नर्सिङ होमका चार नर्समा कोरोना

विराट नर्सिङ होमका चार नर्समा कोरोना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल)मा कार्यरत चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सञ्चालकसमेत रहेका एक चिकित्सकमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा चार जनामा कोरोना देखिएको हो ।

विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । गत मंगलबार अस्पताल सञ्चालक तथा डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएको थियो । डा.कार्कीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो ।

पहिलो चरणमा ५८ जनाको रिपोर्ट आउँदा चार नर्समा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । स्वाब संकलन गरिएकोमध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा रहेका २६ जना सम्र्पकमा रहेको कन्ट्रयाक ट्रेसिङ्गमार्फत देखिएकोेले स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिनुभयो ।

संक्रमितमध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी विराट नर्सिङ होममा आंशिक रुपमा कार्यरत थिइन् । उनी गाइनो विभागकी नर्स हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।