विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

गएको २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८५ रहेको छ ।

शनिबार झापामा १, खोटाङमा १, सप्तरीमा ११, पर्सा ८, रौतहट ४, सर्लाही १, चितवन १, बारा ३, मकवानपुर १, नवलपरासीपूर्व ४, काठमाडौं २, ललितपुर १, अछाम १, गुल्मी ३, कपिलवस्तु ६, पाल्पा ४, बाँके २, बर्दिया २, दाङ ५ र तनहुँ १ जनामा कोरोना देखिएको छ । यस्तै अछाम २, कालीकोट ३, दैलेख ३, हुम्ला १, जाजरकोट ६, मुगु २, सुर्खेत ११, डढेलधुरा ८, डोटी १३ र बैतडीमा ३ जना संक्रमित भेटिएका छन् ।

कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल ९नारायणी अस्थायी कोरोना०मा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा। गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।