वाओ इनर्जी ड्रिक्सको ब्राण्ड एम्बासडरमा दिनेश

विराटनगर । पार्कर खेलमा चार पटक विश्व कीर्तिमान राख्न सफल दिनेश सुनार “वाओ” इनर्र्जी ड्रिंकसको ब्राण्ड एम्बासडर बनेका छन् ।

दिनेश साहसिक खेल मानिएको पार्करको नेपालको पहिलो नेपाली खेलाडी मानिन्छन । हवल्दार सुन्तली, किस्मत २, हँसिया जस्ता चलचित्रमा स्टन्ट दिईसकेका दिनेशले अमेरिका गट ट्यालेन्टमा समेत सहभागिता जनाईसकेका छन् ।

दिनेश र वाओ उत्पादन गर्ने संस्था क्वालिटी थाई फुड्स प्रा.लि.बीच एक वर्षका लागि औपचारिक सम्झौता भएको थाई फुड्सका नेशनल म्यानेजर भरत पौड्यालले जानकारी दिनुभयो । पार्कर खेलका नेपालकै पहिलो खेलाडी बनेका दिनेश मुलुककै पहिलो इनर्जी ड्रिक्समा एक वर्षको लागि अनुबन्ध गरिएको हो ।

वाओ इनर्जी ड्रिक्स मोरङको कटहरीमा अवस्थित क्वालिटी थाई फुड्सले उत्पादन गरिरहेको छध । थाई फुड्सले बजारमा ल्याएको इनर्जी ड्रिक्स भारत तथा अन्य देशमा पनि निर्यात हुँदै आएको कम्पनीले जनाएको छ ।

क्यालिबर शुज, माउन्टेन डिउ, डीआरएन इलेक्ट्रोनिक्सजस्ता विभिन्न ब्राण्डमा एम्बासडर बनिसकेका दिनेशले नेपालकै पहिलो इनर्जी ड्रिंक्स वाओको एम्बासडर बन्ने अवसर मिलेकोमा खुसी लागेको बताउनुभयो । नेपालको आफ्नै उत्पादन भएकोले यसको प्रचार तथा प्रवद्र्धन गर्ने महत्वपूर्ण दायित्व आफ्नो रहेको उहाँको भनाइ छ ।

बिहिबार, ०८ साउन, २०७७, बिहानको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर