एजेन्सी । कोरोना भाइरसको खोप र औषधिका विषयमा संसारभर अनुसन्धान चलि रहेको छ । हजारौँ वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको खोप र औषधि पत्ता लगाउन अनुसन्धानमा जुटिरहेका छन् । दुई वैज्ञानिकहरुको अध्ययनमा कालेष्ट्रोल घटाउनका लागि प्रयोग गरिने औषधिले कोरोना निको पार्न सकिने दावी गरेका छन् ।
जेरुसलमको हिब्र विश्वविद्यालयका प्रोफेसर याकोव नहमियास र न्युयोर्क इकाहान स्कुल अफ मेडिसिनका डा.बेन्जामिन टेनओभरले पछिल्लो तीन महिनासम्म गरेको अध्ययनमा कोलेष्ट्रोल घटाउन औषधि फेनोफिब्रेटले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेको छ ।
दुवैजना वैज्ञानिकले आफ्नो अध्ययन कोरोना भाइरसले मानिसको फोक्सोमा देखाउने प्रभावका विषयमा केन्द्रित गरेका थिए । कोरोना भाइरसले फोक्सोमा कोरोना भाइरसले कार्बोहाइड्रेटको रुटिन बर्निङ रोकेर अधिक फ्याटलाई सेलमा जम्मा गर्ने गरेको थियो ।
डेलिमेलका अनुसार मेडिकलएक्सप्रेसमा छापिएको रिपोर्टमा दुई वैज्ञानिकले ब्लडसुगर र कोलेष्ट्रोल लेभल उच्च भएका व्यक्ति हाइरिक्समा हुने कुराको विस्तृत अध्ययन सार्वजनिक गरिएको छ ।
अध्ययन अनुसार फेनोफिब्रेटको सेवनले फोक्सोको सेलले धेरै फ्याट बर्न गर्न मद्दत पुग्नेछ । जसले गर्दा कोरोना भाइरस कमजोर हुनेछ । कोरोना भाइरसले रिप्रोड्यस पनि गर्न पाउँदैन । पटक पटकको अध्ययनमा जम्मा पाँच दिनमा कोरोना भाइरस समाप्त भएको पाइएको छ । यो अहिलेसम्मकै ठूलो उपलब्धी भएको वैज्ञानिकहरुको दावी छ ।
नागरिक खबरबाट