विकृतिलाई सबक दिने ‘रक तिज’  (भिडियो)

विराटनगर । डिएआर मुभिजले ‘रक तिज’ दोहोरी गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीतमार्फत देखाउन खोजिएको छ ।

व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, विवेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ ।

¥यापर जगत तिर्वाले गीतमा ¥याप गरेका छन् । जगतको ¥यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ । जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृंगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।

आइतबार, २८ असार, २०७७, दिउँसोको ०१:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर