सप्तकोशीमा पानीले जोखिमको तह नाघ्यो

विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ।

शनिबार विहान पानीको बहाब उच्च भएपनि भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएको छ ।

अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ। शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ। पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो।

पानीको बहाव यो वर्षकै उच्च भएपछि नदीमा खतराको संकेत दिने रातो बत्ती र दुईटा रातो फहराइएको छ । नदीमा शुक्रबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक थियो ।

सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव वर्षकै उच्च भएपछि कोसी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकासपुर, हरिपुर, बराहक्षेत्र लगायत दर्जनौ बस्तीका वासिन्दा त्रसित हुने गरेका छन् ।

बहाव वर्षकै उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोल्न स्थानीय प्रशासनले चासो देखाएको छैन् । भारत सरकारको नियन्त्रणमा रहेको व्यारेजमा भारतले आफू अनुकुल मात्र ढोका खोल्ने गरेको छ ।

सप्तकोशीका सबै ढोका नखोलेकै कारण गत २०६५ साल भदौ २ गते राती सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका गाविसहरु श्रीपुर, हरिपुर, पश्चिम कुसाहा र लौकही गाविसमा ठूलो क्षति गरेको थियो ।

शनिबार, २७ असार, २०७७, बिहानको ११:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर