भन्सार छली ल्याईएका कपडासहित २ जना पक्राउ

विराटनगर । भारतबाट अवैद्य रुपमा भन्सार छली ल्याउँदै गरेको ४४ हजार बराबरको फैन्सी कपडासहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा विराटनगर–१५ बस्ने २५ बर्षीय मुन्ना मण्डल र २८ बर्षीय मोहम्मद सोरहा रहेका छन । ईलाका प्रहरी कार्यालय रानीद्धारा खटाईएको प्रहरीको टोलीले बुधबार बिहान करिब साढे सात बजे विराटनगर–१६ स्थित भट्टीमोड नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले भारतबाट २ वटा साईकलमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ४४ हजार बराबरको फैन्सी कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रहरी टोलीले बुधबार बिहान करिब साढे ८ बजे विराटनगर–१६ स्थित दरैया बस्तीबाट अवैद्य रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी २२ हजार मुल्य बराबरको कपडा तथा किराना मालसामान समेत बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीले बरामद भएका २ वटै साईकल र कपडा लगायतका उक्त सामानहरु आवश्यक कारबाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाईएको छ ।

असार २५, २०७७, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर