प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७ र सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, ते¥हथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

प्रदेश १ माआज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । बुधबार डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, २४ असार, २०७७, दिउँसोको ०४:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर