विराटनगर । कोरोना संक्रमण भई प्रदेश १ मा उपचार गरिरहेका ३६ जना शनिबार कोरोना मुक्त भई अस्पतालबाट घर फर्किएका छन् । शनिबार नै प्रदेश १ का थप १२ जनामा कोरोना पुष्टि भएका छन् ।
प्रदेश १ बाट शनिबार ३६ जना उपचारपछि घर फर्र्किएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन् । मोरंगका २४, झापाका ११ र सुनसरीका १ जना उपचारपछि ठिक भएर घर फर्किएको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचारपछि निको हुनेमा १३ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् ।
यसैगरी प्रदेश १ मा शनिबार थपिएका नयाँ संक्रमितमध्ये मोरंगमा छ, झापामा पाँच र इलाममा एक जना छन् ।
मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा तीन महिला, दुई पुरुष, सुन्दरहरैचामा एक पुरुष, झापाको कचनकवलमा चार पुरुष , कनकाईमा एक पुरुष र इलामको देउमाईमा एक पुरुष छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ स्थित अस्पतालबाट हालसम्म १४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिनुभयो ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४५७ पुगेको छ ।