डुबेर २ जनाको मृत्यु

मोरङ । मोरङको जहदा गाउँपालिका–३ का १८ वर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जनामध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगरमा उपचारकै क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार, १९ असार, २०७७, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर