मेलिनाले गाईन वियोगको गीत ‘छैनौ तिमी’ (भिडियोसहित)

विराटनगर । एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।

सरिता सारु मगर ूडाँगीू को वास्तविक जिन्दगीमा आधारित “छैनौ तिमीू गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो । गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।

म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे, सौरभ राई, युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

शुक्रबार, १९ असार, २०७७, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर