पिच सडकमै भासियो टिपर

विराटनगर । विराटनगर महानगरपालिका भित्र पछिल्लो समय थुप्रै सडकहरु कालोपत्रे भएका छन् । एशियाली विकास बैंकसँगको साझेदारीमा महानगरपालिकाले करिव ६५ किलोमिटर सडक कालोपत्रे गर्ने काम करिव अन्तिम चरणमा पुगेको छ । तर बनेका सडकको गुणस्तरमाथि भने कतिपय प्रश्नहरु उठ्न थालेको छ ।

विराटनगर ८ तीनटोलीया स्थित पिपलचोकमा सोमबार एउटा टिपर चिल्लो सडकमा अचानक भासियो । केही समय अघि मात्र कालोपत्रे गरिएको सडकमा गुडेको टिपरको पछाडिको दुवै चक्का सडकमा भासियो ।

तीनटोलीय र आसपासका धेरै सडकहरु कालोपत्रे भएका छन् । त्यस क्षेत्रका सडकका कतिपय भागहरुमा अहिले ठुला खाल्डाहरु परेको देखिन्छ ।

विराटनगर महानगरपालिकामा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित योजना सम्पन्न हुने चरणमा छ तर बनेको संरचनाको अनुगमन भने फितलो भएको देखिएको छ । प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरु यसरी धमाधम भासिन थालेका दृष्यहरु देखिन थालेका छन् ।

सोमबार, १५ असार, २०७७, रातीको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर