विराटनगर । प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिका विकास मन्त्रालयका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ५३३ पुगेको छ ।
मोरङका २, इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । मोरङको बुढिगंगाका १ महिला र १ पुरुष, उदयपुरको त्रियुगाका ३ महिला र ४ पुरुष तथा इलामको सुर्योदयका ५ पुरुषमा कोरोना देखिएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म प्रदेशभरी २१ हजार ५२२ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको छ । शनिबार ७२४ जनाको परीक्षण भएको छ ।
संक्रमितहरुमध्ये शनिबारसम्म ३७७ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।