क्यान्सरपीडित तामाङलाई सहयोगको अपिल

विराटनगर । ब्लड क्यान्सरबाट पीडित भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छाका वीरबल तामाङको सहयोगका लागि विभिन्न युवाहरुले सहयोग गरेका छन् ।

युवा अगुवा प्रेम अधिकारीको पहलमा तामाङलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले ४५ हजार ५ सय २२ रुपैयाँ सहयोग गरेका हुन् । यसरी सहयोग गर्नेहरुमा नगेन्द्र बुढाथोकी, सुमन तामाङ, विशाल बस्बेत, लाक्पा शेर्पा, पदम थापा, बलबहादुर तामाङ, सम्बर तामाङ, असोक दनुवार, अमित तामाङ, डम्बरबहादुर महत, रामकुमार चौधरी, रामबाबु सदा, महेन्द्र देबकोटा, दिनेश साहनी, सुमन खतिवडा, प्रदीप तामाङ, बुद्धिमान तामाङ, दिलबहादुर तामाङ, जितेन्द्र साहनी, शिवकुमार दास, सुनिल तामाङ, सबिन खड्का र प्रेम अधिकारी रहेका छन् ।

कक्षा ८ पास गरेर तामाङ इन्जिनियर बन्ने अभिलासा बोकेर काठमाडौं गएको तर, ब्लड क्यान्सले सताएपछि उनको सपना अधुरै रहेको सहयोगी अधिकारीको भनाइ छ । अधिकारीका अनुसार उनको उपचारका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्न सक्छ । निम्न आर्थिक अवस्थाको परिवार रहेका उनी अहिले भने १२ कक्षामा अध्ययनरत थिए । उनको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई सहयोग गर्न चाहनेका लागिः
Name : Birbal Tamang
Phone 9828974091
Nic Bank Branch Newroad. A/c No: 0657036945252401

शुक्रबार, १२ असार, २०७७, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर