विराटनगर । कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको बिहीबार पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवनका ४९ वर्षीय पुरुष रहेका छन् । स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको असार १० गते राति मृत्यु भएको हो ।
त्यसैगरी महालक्ष्मी ५ ललितपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उनको असार ११ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जानकारी दिनुभयो । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।