विराटनगर । कोरोना भाइरसको संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ स्याङ्जाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले संक्रमितको मृत्यु भएको जानकारी विज्ञप्तिमार्फत दिनुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती व्यक्ति असार ८ गते अस्पतालमा भर्ना भएका थिए ।
उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनीसहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । यसअघि पनि स्याङ्जाकै एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।


