तेह्रथुममा डोजर आतङ्क, बसपार्क बनाउन लिम्बु समुदायको चिहान भत्काईयो

विराटनगर / प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । बजेट अधिवेशनको विभिन्न बैठकमा उठाईएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा जवाफ दिनुहुँदै मन्त्री कुशियैतले लकडाउनको मारमा परेका साना व्यापार, व्यावसाय तथा उद्योगद्यन्दा कलकारखानाहरुलाई पुनः सञ्चालनमा ल्याउन घरेलु तथा साना उद्योग कार्यालयहरुमार्फत व्यावसाय सञ्चालनमा सहजीकरण गरिने जानकारी गराउनुभयो ।

मन्त्री कुशियैतले आगामी आर्थिक बर्षमा साना तथा घरेलु उद्योग कार्यालयहरु मार्फत महिला, सीमान्तकृत र विपन्न वर्गका नागरिकलाई समेत समेटने गरि सीप तथा क्षमता अभिवद्धिका क्रियाकलापहरु सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।

त्यस्तै बिशेष समय लिएर बोल्नुहुँदै प्रदेश नं. १ की प्रदेशसभा सदस्य बिष्णु तुम्बाहाम्फेले जेठ २६ गते राती तेह्रथुम जिल्लाको फेदाब गाउँपालिका–१ पोक्लागुङस्थित आदिबासी लिम्बु समुदायको चिहान डोजर लगाई भत्काईएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले बसपार्क निमार्णकै लागी लिम्बु समुदायको समाधि स्थल भत्काउनु नेपालको संविद्यानको मुल मर्म र भावना विपरित भएको भन्दै सो को पुर्ननिमार्णका लागी प्रदेश सरकारसँग माग गर्नुभयो ।

त्यसैगरि सांसद राजकुमार ओझाले प्रत्येक पालिकामा एउटा खेलमैदान निमार्ण गर्ने, एउटा पालिकामा भएका ५–५ वटा आधारभुत तथा माध्यमिक विद्यालयहरुमा सहयोग गर्ने र खानेपानीको उचित प्रबन्ध मिलाउने लगायतका योजनाहरु ओझेलमा पर्दै गएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै शून्य समयमा बोल्नुहुँदै सांसद बसन्त कुमार बानियाले मलजलको अभावका कारण कृषकहरुमा रुवाबासी छाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद मोहन खडकाले होल्डिङमा राखिएका नागरिकहरुलाई व्यवस्थित ढङ्गले सम्बन्धित स्थानीय निकायको जिम्मा लगाउन आग्रह गर्नुभयो ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको अर्को बैठक भने असार ११ गते बिहीबार दिनको १२ बजे बस्ने गरि बोलाईएको छ ।

बुधबार, १० असार, २०७७, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर