प्रदेश १ मा मंगलबार २० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार झापाका १२ जना, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरका १, सुन्दरहरैचाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै झपाको मेचीनगरमा ३ महिला, बुद्धशान्तिमा ३ महिला र ३ पुरुष, हल्दिबारीमा २ महिला, कचनकबलमा १ पुरुष तथा विर्तामोडमा २ पुरुषमा कोरोना देखिएको छ । यसैगरी सुनसरीको धरानमा २ महिला र कोशी गाउँपालिकामा १ पुरुष तथा ओखलढुंगामा १ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिबालयका संयोजक डा. सरोज विशालले जानकारी दिनुभयो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८३ पुगेको छ । जसमध्ये २५८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म प्रदेशमा पिसिआर विधिबाट १९९८४ जनाको र आरडिटी बिधिबाट १७ हजार ८४ जनाको परीक्षण भएको छ ।

मङ्गलबार, ०९ असार, २०७७, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर