कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २४

विराटनगर। कोरोना संक्रमणले नेपालमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको जानकारी दिनुभयो ।

क्षयरोग र दमको बिरामी रहेका उनमा यसअघि नै कोरोना पुष्टि भएको थियो । उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ ।

मङ्गलबार, ०९ असार, २०७७, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर