विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
थपिएका संक्रमितहरुमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३, मोरङका २, तेह्रथुमका २, महोत्तरीका १२, अर्घाखाँचीका २, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना र गोरखाका २९ जना छन् । यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमण पुष्टि हुनेमा ९० महिला र ४४८ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १० हजार ९९ पुगेको छ ।
अहिलेसम्म जसमा २ हजार २३५ जनाले कोरोना जितेका छन् । मंगलबार मात्र थप ७६ जना कोरोनामुक्त भएका हुन् ।
यसैगरी गत २४ घण्टायता थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

