विराटनगर। पछिल्लो २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ९५०० नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२÷१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५÷५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २÷२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म १ लाख ८१ हजार २७१ नमुनाको पीसीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ आरडीटी गरिएको मन्त्रालयले जनाएको छ ।

