विराटनगर । विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङको ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षीय बाबुलाल माझी गम्भीर घाइते भएका हुन् ।
उनीहरूको उपचार बुढीगंगा गाउँपालिका– २ विराट मेडिकल कलेजमा उपचार भइरहेको निमुवा ट्राफिक प्रहरी बिटका प्रमुख असाइ तुलामणि आर्चायले जानकारी दिनुभयो । विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ४३२२ नम्बरको टिफरले सोही दिशातर्फ गइरहेको को २० प ३९२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिफरको ठक्करबाट स्कूटर चालक मोदी र सवार माझी घाइते भएका हुन् । घाइते भएका माझीको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउँकोमा चोट लागेको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।