थप ४२६ मा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४

विराटनगर। शुक्रबार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार गुल्मीमा ९४, बैतडीमा ६३, कैलालीमा ४९, बागलुङमा ३२, सिन्धुपाल्चोकमा २१, कञ्चनपुरमा २०, डोटीमा १५, गोरखामा ११ र सर्लाहीमा ११ जनामा कोरोना पुष्टि भएको छ । यस्तै झापामा १, मोरङमा ३, उदयपुरमा २, सप्तरीमा ४, अछाममा ६, बझाङमा ३, बाजुरामा ८, डडेलधुरा ९, धादिङ १, कास्की २, काठमाडौं ३, मकवानपुर ८, म्याग्दी १, नवलपरासी पूर्व ४, तनहुँ १९, पर्वत ५, सिन्धुली १, चितवन १, बैतडी ५, स्याङ्जा ३, कास्की ६, अर्घाखाँची ६, कपिलवस्तु ४, नवलपरासी पश्चिम २ र रुपन्देहीमा २ छन् ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या भने २२ रहेकाे छ । पछिल्लाे २४ घण्टायता कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ ।

 

शुक्रबार, ०५ असार, २०७७, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर