विरामी छोरालाई बाबुले ज्युँदै गाडेको आरोप

बुटवल । रुपन्देहीमा शुक्रबार आफ्नै एक व्यक्तिले आफ्नै ८ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर गाडेका छन् ।

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि गाडेको बालकलाई उद्धार गरेको भएपनि उनको मृत्यु भइसकेको थियो ।

तिलोत्तमा नगरपालिका ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ८ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेका थिए । घटनाबारे जानकारी पाएपछि त्यहाँ पुगेर गाडेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराउँदा उनको मृत्यु भइसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । आरोपित राजुले भने छोराको मृत्यु भएपछि आफूले गाडेको बयान दिएका छन् ।

छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको स्थानीयले बताएका छन् । ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

शुक्रबार, ०५ असार, २०७७, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर