कोरोनाबाट भारतमा एकैदिन २ हजार बढीको मृत्यु

विराटनगर । भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २ हजार ३ जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि ३ लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म झन्डै १ लाख ८७ हजार जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमण तीब्र गतिमा बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ।

भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको बेला संक्रमणको दर बढिरहेको छ। अहिले भारतभरि १,५५,०० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।

भारतमा अहिलेसम्म ९०७ वटा प्रयोगशालाबाट ५९ लाख जनाको परीक्षण गरिएको सरकारको भनाइ छ। (बीबीसीको सहयोगमा)

बुधबार, ०३ असार, २०७७, दिउँसोको १२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर