कोरोनाको औषधि पत्ता लागेको दावी

एजेन्सी । बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्।

बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ुडेक्सामिथासोन स्टेरोयडु ले कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ।

यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक हुने बताएको बीबीसीले जनाएको छ ।

अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई ुडेक्सामिथासोन स्टेरोयडु दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो।

यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिएका छन्।

अक्सफोर्ड युनिभर्सिटीका एक अध्ययनकर्ता पिटर हर्बीले अक्सिजन लिनुपर्ने बिरामीहरूले यसबाट लाभ लिएर बाँच्न सक्ने बताएको बीबीसीले लेखेको छ । प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने ८ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको मृत्यु कम गरेको पाइएको छ।

यो स्टेरोयड सस्तो र जहाँ पनि बनाउन सकिन्छ। विश्वभरि नै प्रयोगमा ल्याउन सकिने बताइएको छ। कोरोना भाइरस लाग्दा कतिपय बिरामीमा रोग प्रतिरक्षा प्रणालीले धेरै आक्रमण गरेर शरीर सुन्निन सक्छ। यसलाई ुसाइटोकिन स्टोर्मु भनिन्छ। यो स्टेरोयडले सुन्निन कम गर्छ।

चिकित्सकहरूले पहिल्यैदेखि कोरोना भाइरसका कारण सिकिस्त बिरामीमा स्टेरोयड प्रयोग गर्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले भने सुरूमा यो स्टेरोयडले भाइरसलाई शरीरबाट निकाल्न ढिलाइ गर्ने भएकाले प्रयोग नगर्न सुझाव दिएको थियो।

बुधबार, ०३ असार, २०७७, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर