बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

एजेन्सी/भारतीय बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित  आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आत्महत्याको कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। कम उमेरमै बलिउडमा स्थापित ३४ वर्षीय सुशान्तले ‘पिके’, ‘केदारनाथ’, ‘एमएस धोनी’, ‘छिचोरे’ लगायत फिल्ममा सक्रिय भमिकामा थिए । जी टिभीको चर्चित सिरियल ‘पवित्र रिस्ता’ मा सुशान्त आफ्नी पूर्वप्रेमिका अंकिता लोखन्डेसँग प्रमुख भूमिकामा थिए ।

पछिल्लो पटक उनले इन्स्टाग्राममा आमाको तस्बिर राखेका उनले किन आत्महत्या गरे त्यसको कारण खुलेको छैन । राजपुतको शवको पोष्टमार्टम रिर्पोट भने आउन बाँकी छ ।

आइतबार, ३२ जेठ, २०७७, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर