विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३६ डिस्चार्ज भएको जानकारी दिनुभयो । संक्रमितमध्ये अहिलेसम्म उपचारपछि ९ सय १३ जना घर फर्किएका छन् भने १६ जनाको ज्यान गइसकेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ५३० आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् ।