लोड हुँदैछ...

मेनु

मोरङको लेटाङ, रतुवामाई र धनपालमा ९ जना संक्रमित थपिए

मोरङको लेटाङ, रतुवामाई र धनपालमा ९ जना संक्रमित थपिए

विराटनगर । मोरङको तीन स्थानीय तहका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङको रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका र धनपालथान गाउँपालिकाका एक बालक र एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङको लेटाङका दुई जना, रतुवामाई नगरपालिकाका दुई जना र धनपालथान गाउँपालिकाका पाँच जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरु केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

सोमबार ९ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।