सीमामा तारबार लगाउन प्रदेश सांसद साम्बाको माग

विराटनगर । प्रदेशभामा सीमानामा तारबार लगाउनुपर्ने आवाज उठेको छ । प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै नेपाल भारतको सिमानामा तारबार लगाउन बजेट व्यवस्था गर्न माग गर्नुभएको हो ।

कारोनाका कारण अनियन्त्रितरुपमा मानिसहरु आउने क्रम जारी रहेको र नियन्त्रणमा कठिनाई भइरहेको अवस्थामा निश्चित ठाउँबाट मात्र आवतजात खुला गर्नु आवश्यक हुने उहाँको भनाई थियो ।

आज भारत कोरोनाबाट बढी प्रभावित भएको र भारतबाट नेपाल आउनेहरुबाट यहाँ चुनौति थपिएको भन्दै उहाँले भन्नुभयो ‘भोलिका दिनमा नेपालबाट कुनै संक्रामक रोग भारत पुग्न नदिनपनि तारबार कामयावी हुने छ ।’

सोमबार, २६ जेठ, २०७७, दिउँसोको ०१:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर