विराटनगर । गरिखाने वर्गले भोकको उपचार नपाएको भन्दै प्रदेशसभा सदस्य विमल कार्कीले लकडाउन हटाउन माग गर्नुभएको छ ।
प्रदेशसभाको बैठकको सुन्य समयमा बोल्दै उहाँले हुनेखाने वर्ग रोगसँग डराएर लकडाउन बढाउन माग गरिरहेको तर गरिखाने वर्ग भोकसँग डराएर रोगको पर्वाह नगरी कामको खोजीमा हिड्न थालेको बताउनुभयो ।
‘यतिबेला सरकारले रोगसँग डराउने र भोकसँग डराउने दुवैको उचित व्यवस्थापन गर्न जरुरी छ’ प्रदेशसभा सदस्य कार्कीले भन्नुभयो ‘सरकारले सबैलाई खुवाउन सक्ने देखिएन त्यसैले अब लकडाउन खोल्नु पर्छ ।’
उहाँले विपद्को बेलामा हजारौं माइलको यात्रा गरेर स्वदेश फर्केर आफ्नै देशमा संघर्ष गर्न तत्पर नागरिकहरुको अभियान यतिबेलाको लङ्मार्च भएको टिप्पणी पनि गर्नुभयो ।