जोगबनी नाकाबाट ११ आए, १३ सय गए

विराटनगर । सीमा क्षेत्रमा अलपत्र रहेका नेपाल र भारतका नागरिकलाई आफ्नो मुलुक जान सहजिकरण भएपछि दैनिक सयौं नागरिक वारपार गरिरहेका छन् ।

गत बुधबारदेखि नाकामा अलपत्र परेकाहरुलाई भित्र्याउन सुरु गरेयता विराटनगर जोगबनी नाकाबाट मात्र एक सातामा १ हजार १ सय ६६ जना नेपाली भित्रिएको मोरङ प्रहरीले जनाएको छ ।

भारतका विभिन्‍न स्थानबाट आएर सीमा क्षेत्रमा रहेका हरुलाई प्रहरीले नेपाल प्रवेश गराएको हो । यसैगरी लकडाउनको कारण नेपालमा रोकिएका १ हजार ३ सय ५७ जना जोगबनी नाका हुँदै भारत गएको प्रहरीले जनाएको छ ।

विभिन्न नाका हुँदै लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएपछि गत बुधबारबाट दुबै देशका प्रहरीको समन्वयमा नागरिकलाई आवतजावत गराइएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार यसरी प्रवेश गराएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर सम्बन्धित स्थानीय तहको समन्वयमा पठाउने गरिएको छ ।

सरकारले प्रदेश १ मा झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर, सुनसरीको भान्टाबारी र विराटनगरको रानी नाकाबाट भारतमा रहेका नेपालीलाई प्रवेश गराइरहेको छ ।

बुधबार, २१ जेठ, २०७७, बिहानको १०:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर