लोड हुँदैछ...

मेनु

रुकुम हत्याकाण्ड विरुद्ध आन्दोलित विद्यार्थीहरु

रुकुम हत्याकाण्ड विरुद्ध आन्दोलित विद्यार्थीहरु

विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ्ग क्याम्पसका विद्यार्थी सङ्गठनहरुले रुकुम हत्याकाण्ड विरुद्ध शान्तिपुर्ण दबाबमुलक प्रर्दशन गरेका छन ।

उनीहरुले अन्र्तजातीय विवाहका बिषयलाई लिएर नवराज विक लगायतका ६ जनाको हत्यारालाई हदैसम्मको कारबाहीका लागी सरकारलाई दबाब दिन प्रर्दशन गरेका हुन । आजको २१ औं शताब्दीमा पनि मान्छे–मान्छे बिच रहेको विभेद अन्त्य गर्न तथा अपराधिक घटनालाई राजनितिक आवरण दिने कार्य बन्द गर्न समाजवादी विद्यार्थी युनियन तथा राष्ट्रिय विद्यार्थी संघले संयुक्त रुपमा दबाबमुलक प्रर्दशन गरेको राष्ट्रिय विद्यार्थी संघको मोरङ्ग जिल्ला संयोजक विपुल झा ले बताउनुभयो ।

त्यस्तै मुलुकमा जातीय विभेदको अन्त्य नभएसम्म विकास र समृद्धिका कुराहरु भाषणमा मात्र सिमित हुने समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता कमल पोखरेलको भनाई छ ।

उनीहरुले सम्बन्धित बिषयवस्तु उल्लेखित प्लेकार्ड बोकेर १ घण्टा सडमा उभिएर दबाबमुलक प्रर्दशन गरेका थिए । यही जेठ १० गते केटी लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विश्वकर्मा सहितका ६ जना युवाहरुलाई गाउँलेले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो भने १ जना अझै बेपत्ता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।