विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार एकैदिन २ सय ८८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।
आज थपिएका संक्रमितहरुमा रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २ र रूपन्देहीका १० जना रहेका छन् ।
हालसम्म नेपालमा उपचार गराएर २ सय ६६ जना घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । हाल देशभरमा १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।