२९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८४०

काठमाडौं । मंगलबार पुनः २९ जना कोरोना संक्रमित थप भएका छन् । सोमबार एकैदिन २ सय ३९ जना थप भएका कोरोना संक्रममित थपिएका थिए । २९ जना आज थप भएसँगै हालसम्म कोरोना संक्रमितको संख्या १८४० पुगेको छ ।

आज भेटिएका सबै संक्रमित कर्णाली प्रदेशका हुन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएकाहरूसँगै कर्णाली प्रदेशमा भने कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

संक्रमितमध्ये सुर्खेतका ११, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडा नम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

मङ्गलबार, २० जेठ, २०७७, दिउँसोको ०१:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर