नेपालमा गुणात्मक रुपमा फैलिँदै कोरोना, एक हप्तामै थपिए ११ सय (विस्तृत तथ्यांकसहित)

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमण गुणात्मक ढंगले फैलिरहेको छ । सरकारले लकडाउनको समयावधि बढाइरहेको भएपनि भारतबाट आउनेह?बाट फैलिएको कोरोना संक्रमण एक हप्तामै १ हजार १ सय १६ जनामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

विगत छैठौं दिनदेखि लगातार एक सयभन्दा बढी सङ्क्रमित दैनिक थपिरहेका छन् । सो संख्या बढेर सोमबार २ सय २६ जनामा पुग्यो ।

सोमबार मात्रै झापाका २, नवलपरासीका ३ जनामा कोरोना पोजेटिभ देखिएयो । यस्तै दैलेखमा ४१, जुम्लामा १८, सल्यानका १० र सुर्खेतका ५ जनामा पनि कोरोना देखिएको छ ।

यस्तै कलिवस्तुका ४०, रौतहटका १८, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै सोमबार नै कैलालीका १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १÷१ जनामा पोजेटिभ देखिएको छ । यस्तै बाँकेका ७ जना र दाङका ९ जनामा पोजेटिभ देखिएको छ । सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार सोमवार बैतडीमा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुने जिल््लाको संख्या ५९ पुगेको छ ।

आजसम्मको विस्तृत विवरण यस्तो छ

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

सोमबार, १९ जेठ, २०७७, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर