एकै दिन झापाका २ सहित २२६ जनामा कोरोना भेटियो, अब संक्रमितको संख्या १७९८

प्रदेश नम्बर १ मा १३८, प्रदेश नम्बर २ मा ५८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित उपचाररत

विराटनगर । वितेको २४ घण्टायता थप भएका २ सय २६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको हो ।

२४ घण्टा यता थप भएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । पत्रकार सम्मेलनमा दिइएको विवरण अनुसार झापाका २, नवलपरासीका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । झापाकालाई विराटनगरमा परीक्षण गरिएको थियो भने नवलपरासीका २ जनाको परीक्षण पोखरामा गरिएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । ४३ जनामध्ये दैलेखका २४ र जुम्लाका १८ जना छन्् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।

कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १÷१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको देवकोटाले बताउनु भयो । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

सोमबार, १९ जेठ, २०७७, दिउँसोको ०४:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर