विराटनगर । विराटनगरको थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर– १२ की ४५ बर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित कोशी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनीको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताउनुभयो ।
संक्रमित महिला केहीदिन अघि मात्रै भारतबाट जोगबनी नाका हुँदै विराटनगर आएकी थिईन । विराटनगर आएपछी होम क्वारेन्टाइनमा बसेकी उनको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा. मिश्राले जानकारी दिनुभयो ।
यसअघि विराटनगरमा वडा नं. ६ की एक महिला र वडा नं. १५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।