विराटनगर । क्वारेन्टाइनमा बस्दै आएका एक ६ बर्षे बालकको आज बिहान मृत्यु भएको छ । डडेलधुरास्थित क्वारेन्टाइनमा नवदुर्गा गाउँपालिका– ३ का बालकको मृत्यु भएको हो ।
डडेलधुरा बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा बसेका बालेक बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बिहान ३ बजे मृत्यु भएको थियो ।
आमा–बुबासँगै शनिबार गौरीफन्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी सो क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा मृत्यु भएका बालकको आइतबारै स्वाबको नमूना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाइने डडेलधुरा अस्पतालका निमित्त मेसु डा. जगदीशचन्द्र विष्टले ले जानकारी दिनुभयो ।