धरान । आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान १७ का एक व्यक्ति पक्राउ परेका छन् ।
धरान १७ बीचघोपा (सुनौलो मार्ग) का एक ४५ वर्षीय व्यक्ति छोरी बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
शुक्रबार विहान आमा घरमा नभएको बेला बलात्कार गरेपछि छोरीले केही साथी र छिमेकीहरुलाई घटनाबारे सुनाएका थिए । छिमेकीमार्फत पीडित बालिका वडा कार्यालयमा पुगेकी थिइन् । वडाका सामाजिक कार्यकर्ताले घटनाबारे सबै जानकारी लिएपछि उनलाई प्रहरीमा पुर्याएका थिए ।
महिला सेलले पनि घटनाबारे जानकारी लिएपछि पीडित बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि बलात्कारी बाबु पक्राउ परेका हुन् । उनले छोरीलाई दोस्रो पटक बलात्कार गरेको प्रहरीले जनाइएको छ । आमाको दोस्रो विवाह भएकोले ती व्यक्तीले पीडितलाई आफ्नो छोरी होइन भनेर हेला गर्ने गरेको पनि खुलेको छ ।
‘पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् । गएको कार्तिकमा मात्र जन्मदर्ता गराउन आएकी उनले बाबुले पहिलेदेखि नै राम्रो व्यवहार नगरेको बताएकी छन् ।
इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

