सुरक्षाकर्मी फिर्ता गर्दै जनार्दन शर्माले भन्नुभयो ‘जनताको सुरक्षा नै मुख्य कुरा हो’

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले निजी सुरक्षाका लागि सरकारले उपलव्ध गराएको सशस्त्र प्रहरी फिर्ता गर्नुभएको छ । उहाँले आज बिहीबार गाडिसहित सुरक्षाकर्मी फिर्ता गर्नुभएको हो ।

शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको थियो । सोही अनुसार उहाँले आज सुरक्षामा खटिएका सशस्त्र प्रहरीको १० जनाको टोलीलाई खादा ओडाएर बिदाई गर्नुभएको हो ।

नेता प्रभाकरले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उहाँको सचिवालयले जनाएको छ ।

बिहिबार, १५ जेठ, २०७७, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया

  1. सार्हैराम्रो भयो, खुसी लागेको छ , सवै पुर्व भि आइ पि हरूको वुद्दि सुप्रसिद्ध अझै राम्रो हुन्छ

प्रतिक्रिया:

सम्बन्धित खवर