लोड हुँदैछ...

मेनु

कर्मचारीको अतिरिक्त भत्ता कटौती

कर्मचारीको अतिरिक्त भत्ता कटौती

विराटनगर । सरकारले आगामी आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता र जोखिम भत्ता खारेज गरिएको घोषणा गर्नुभयो ।

कर्मचारीको विदेश भ्रमण, इन्धन खर्च, कम प्राथमिकताका गोष्टि सेमिनार, सवारी मर्मत खर्चमा उल्लेख्य कटौती गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि भने थप प्रोत्साहनमूलक भत्ताको व्यवस्था गरिने घोषणा बजेटमा छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

रोहित पौडेल
May 28, 2020 6:33 PM

महङिग भत्ता कटौती हो कि हैन होला ??

Bijay kumar singh
May 28, 2020 8:07 PM

स्वास्थय श्रेत्रमा जयाला दारिहरूको लागि के बेबासथा गरेकोछ बुझन सकिन

प्रतिक्रियाहरू बन्द छन्।