विराटनगर । प्रदेश नं. १ मा बुधबार झापामा १७ जना कोरोना संक्रमित थपिएको उपचारपछि निको भएर ४ जना डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुषसहित ४ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा ५८ वर्षीय मो।अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । डिस्चार्ज भएका मो।अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।
डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको छ । योसँगै प्रदेश १ बा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । कोभिड अस्पतालमा अहिले ३१ जना उपचाररत रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले जानकारी दिनुभयो ।
प्रदेशमा बुधबार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जनामा कोरोना देखिएको हो । प्रदेशमा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।
प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, खोटा र भोजपुरमा कोरोना संक्रमित फेला परेका छन् ।