चिकित्सक संघद्वारा ४ सय स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाद्वारा चिकित्सकहरुलाई मंगलबार मास्क र स्यानिटाईजर वितरण गरेको छ ।

हिमानी ट्रष्टको सहयोगमा निरन्तर स्वास्थय सेवा प्रवाह गर्दै विरामीको उपचारमा खटिईरहनु भएका करिब ४ सय चिकित्सकहरुलाई उक्त सामाग्री नेपाल चिकित्सक संघ, कोशी शाखाले वितरण गरेको हो ।

सामाग्री वितरणका लागि नेपाल चिकित्सक संघ, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, कोषाध्यक्ष डा. सुनिल रेग्मी र नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटिका सदस्य डा. हिमलाल भण्डारीले विराटनगरमा रहेका अस्पतालमा पुगेर उक्त सामाग्रीहरु चिकित्सकहरुलाई प्रदान गर्नु भएको हो ।

मङ्गलबार, १३ जेठ, २०७७, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर