धरान । सुनसरीको धरान उपमहानगरपालिका ९ बाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ९ बगैचा टोलबाट ४१ वर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो ।

स्पास्मोप्रोक्सिवन प्लस १२ सय ८० क्याप्सुल, नाईटोसन ३ सय ट्याबलेट डायलक्सडिसी सिरिप ८० बोतल र नगद रुपैयाँ २ लाख ३७ हजारसहित राई पक्राउ परेका हुन् । लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।