लोड हुँदैछ...

मेनु

खुर्पाले काटेर श्रीमतिको हत्या

खुर्पाले काटेर श्रीमतिको हत्या

उदयपुर । उदयपुरको रौतामाईमा सोमबार विहान एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

सोमबार बिहान मदिरा सेवन गरी घर पुगेका रौतामाई गाउँपालिका ८ झिरडाँडाका ५२ वर्षीय बिष्णुबहादुर योञ्जनले ४३ वर्षीया श्रीमती दिलमाया तामाङको हत्उा गरेका हुन् ।

श्रीमतिमाथि खुर्पा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सामान्य घरयासी विवादमा एक्‍कासी खुर्पा प्रहार गर्दा दिलमायाको मृत्यु भएको उदयपुर प्रहरीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

घटनापछि स्थानीयले बिष्णुबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरुबीच यसअघि पनि बारम्बार झगडा हुने गरेको स्थानीयले बताएका छन् । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।