लोड हुँदैछ...

मेनु

इटहरी चोकमा हात्ती आएपछि…

इटहरी चोकमा हात्ती आएपछि…

इटहरी । जंगलबाट निस्किएको हात्ती शनिबार राति सुनसरीको इटहरी चोक नजिक आएपछि सर्वसाधारण आतंकित बनेका छन् ।

मध्यरात २ वटा हात्ती देखिएपछि सिमरबना क्षेत्रका स्थानीयहरु आतंकित बनेका थिए ।

स्थानीय र प्रहरीले हात्तीलाई जंगलतिरै लखेटेका थिए । नजिकै रहेको वन क्षेत्रका कारण इटहरीको वडा नं. २, ३ र २० वडाहरुमा हात्ती कहिलेकाही देखिने गर्छ । तर, वन क्षेत्र नै नछुने बस्तीमा हात्ती आएपछि स्थानीय त्रसित बनेका थिए ।

इटहरी चोक बजार आसपास झन्डै १० वर्षपछि हात्ती पसेको जानकारहरु बताउछन् । दुई दिन अघि ५ वटा संख्यामा रहेका जंगली हात्ती सुन्दरहरैंचा ५ हसिना सिमसार नजिकैको बस्तीमा देखिएका थिए । हात्तीले सो क्षेत्रमा स्थानीयले किसानले लगाएको मकै बाली खाएर नष्ट गरेका थिए ।

इटहरीमा हात्ती देखिएपछि सम्भावित क्षति रोक्न स्थानीयहरुका साथै प्रहरीसमेत परिचालित भएको थियो । मध्यरात इटहरी बजार डुलेर हात्ती आँपगाछीबाट पुर्व उत्तर हुँदै चारकोसे झाडीमा छिरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।