जाजरकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
सोतीका स्थानीयको कुटपिटबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको कुटपिटबाट मृत्यु मृत्यु भएको हो ।
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आशंकामा १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । छोरी भगाउन केटाहरु आएको भन्दै सुष्माकी आमाले हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता भएका हुन् । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको थियो । (रासस)

