विराटनगर । शुक्रबार थप १९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार कैलालीका ३ पुरुष, डडुल्धेराका १ जना, वैतडीका १ जना र बाँकेका १४ जना र मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँग नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । जसमा पुरुष ४३३ र महिला ७४ जना छन् ।
प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ । जसमा २६ जना उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु गरिएका छन् ।